दार्चुला – शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीमा नेकपा एमाले परित्याग गरि १२ जनाले कांग्रेस प्रबेश गरेका छन।
फागुन १५ गते शैल्यशिखर नगरपालिकाको वडा न ६ मिलमिलीमा नेकपा एमालेले आयोजना गरेको टोलभेला कार्यक्रममा हामीहरु लाई विभिन्न प्रलोभन देखाई एमाले पार्टी प्रबेश गराएको नबप्रबेशी कुन्दन धामीले आरोप लगाए । हस्ताक्षरी बिज्ञपतिमा कम्युनिस्टहरुको भ्रमलाई चिर्दै आजका मिती देखि कांग्रेसमै रहने बिग्यप्तीमा उल्लेख गरेका छन ।
त्यस्तै नेकपा एमाले परित्याग गरेर पुनस् कांग्रेस प्रबेश गर्ने हरुमा शैल्तशिखर ६ ग्वानी टुणा बस्ने दामोदर धामी, संगिता धामी, कुन्दन धामी, किस्मती धामी, तरे धामी, देबु देबी धामी, बिक्रम धामी, दुरा धामी, पार्बती धामी, जय राम धामी, पार्बती धामी र राजेन्द्र सिंह धामी रहेका छन ।
नवप्रबेशी हरुलाई शैल्यशिखर नगर प्रमुख तथा पुर्ब नेपाली कांग्रेस जिल्ला उपसभापति अमर सिंह धामीले स्वागत गरेका थिए ।

