प्रेस युनियन दार्चुलाका अध्यक्ष बडूलाई पितृशोक

दार्चुला – प्रेस युनियन दार्चुलाका अध्यक्ष तथा कान्तिपुर दैनिक दार्चुलाका संवाददाता मनोज बडूलाई पितृशोक परेको छ । उहाँ का बुबा रामदत्त बडूको ६९ बर्षको उमेरमा बिहीबार राति कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो ।

उनको आजै गृह जिल्ला दार्चुलाको महाकाली नदी किनारमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।

Leave A Reply

Your email address will not be published.