बैतडी – डिलासैनी गाउँपालीका वडा नम्बर ३ नौगाउमा नेकपा एमालेले टोल कमिटी गठन गरेको छ ।
वडा नम्बर ३ का वडा कमिटी अध्यक्ष गोर्कण रानाको अध्यक्षतामा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र बहादुर पालको प्रमुख आथित्यता रहेको थियो भने बिसिष्ट अतिथिमा जिल्ला कमिटी सदस्य तथा डिलाशैनि गाउँपालीका निर्वाचित अध्यक्ष उकेन्द्र बोहरा लगायतका नेता कार्यक्रताहरुको सहभागीतामा टोल कमिटी गरेको छ ।
टोल कमिटी अध्यक्षमा दल बहादुर नाथ चयन भएका छन भने उपाध्यक्षमा जयन्ती नाथ, सचिवमा हिरा नाथ, सह सचिवमा खडक सिंह खत्री रहने गरी ३१ सदसयीय टोल कमिटी गठन गरेको वडा कमिटी अध्यक्ष गोर्कण रानाले बताउनु भयो ।
यस्तै डिलाशैनि गाउँपालीका वडा नम्बर ३ नोैगाउमा आज नै अखिल नेपाल महिला संघ कमिटी पनि गठन गरेको छ । कमिटीको अध्यक्षमा बिस्ना नाथ, उपाध्यक्षमा दुरा नाथ, सचिवमा कमला नाथ कोषाध्यक्षमा नन्दा नाथ लगायत ३१ सदस्ययीय अखिल नेपाल महिला संघ गठन गरिएको डिलासैनि गाउँपालीका वडा नम्बर ३ वडा कमिटी उपाध्यक्ष प्रकाश नाथले जानकारी दिनुभयो ।