मालीकार्जुन माबि मडमा नेपाल विद्यार्थी संघको एकाई समिती गठन

दार्चुला – नेपाल बिद्यार्थी संघ दार्चुला जिल्ला कार्यसमितीको निर्देशन तथा निर्वाचन प्रदेश क्षेत्र नम्बर क का संयोजक एकेन्द्र सिंह धामीको नेतृत्वमा संगठन बिस्तार कार्यक्रमम सञ्चालन गरिएको छ । सोमबार मालीकार्जुन गाउँपालीका वडा नम्बर ३ मा रहेको मालीकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरमा एकाई समिती गठन गरिएको छ । नेपाल विद्यार्थी संघ प्रदेश क्षेत्र नम्बर क का संयोजक एकेन्द्र सिंह धामीको अध्यक्षतामा कार्यक्रम सम्पन भएको हो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस मालीकार्जुन गाउँपालीका उपसभापती देब सिंह धामीको प्रमुख अथिती रहनु भएका थिए । विद्यार्थी संघ मालीकार्जुन गाउँपालीका संयोजक धर्मेन्द्र जोशि सह संयोजक करिस्मा चन्द कोषाध्यक्ष दिपा पन्त नेपाल तरुण दल मालीकार्जुन गाउँपालीका उपाध्यक्ष ललीता धामी लगायत विद्यार्थीहरुको उपस्थितिमा एकाई समिती गठन गरेको संयोजक एकेन्द्र सिंह धामीले बताउनुभयो । अध्यक्षमा प्रकाश धामी , उपाध्यक्षमा रमेश धामी र निर्माला धामी , सचिवमा विमला धामी , सह सचिवमा बबिता धामी कोषाध्यक्षा पसुपती धामी रहने गरि २३ सदस्ययीय माबि समिती गठन गरेको धामीले बताउनुभयो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.