दार्चुला – नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको नियर्ण अनुसार पालीका कमिटीहरु वृहत चुनावि आमसभाका लागि तयारीमा जुटेका छन । यही चैत्र १० गतेबाटसरु हुने पालीका स्तरिय चुनावि आमसभाका लागि पालीका कमिटीहरु तयारिमा जुटेका हुन ।
जिल्लामा रहेका ९ ओटै स्थानिय तहमा नेकपा एमाले पोलीटव्युरो सदस्य एंव सुदुरश्चिम प्रदेश सह इन्चार्ज तथा पुर्व मन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आथित्यतामा वृहत चुनावि आमसभा गरिने नेकपा एमाले जिल्ला कमिटी प्रचार तथा प्रकाशन बिभाग प्रमुख खडक सिंह बडालले जानकारी दिनुभयो ।
चैत्र १० गते शैल्यशिखर नगरपालीकाबाट सुरु हुने नेकपा एमालेको चुनावि आमसभा चैत्र १९ गते लेकम गाउँपालीकामा गरिने प्रचार तथा प्रकाशन बिभाग प्रमुख बडालले बताउनु भयो । नेकपा एमाले पोलीटव्युरो सदस्य एंव सुदुरश्चिम प्रदेश सह इन्चार्ज तथा पुर्व मन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आथित्यतामा चैत्र ११ गते मार्मा गाउँपालीकाको लटीनाथ , चैत्र १३ गते अपिहिमाल गाउँपालीका खण्डेश्वरीमा र चैत्र १४ गते नौगाड गाउँपालीकाको होपरीगाडमा वृहत आमसभा गरिने नेकपा एमाले दार्चुलाले जनाएको छ ।
त्यसैगरि चैत्र १५ गते दुहु गाउँपालीकाको धारीमा , चैत्र १६ गते ब्यास गाउँपालीकाको सुन्सेरामा , चैत्र १७ गते महाकाली नगरपालीको खलंगामा , चैत्र १८ गते मालीकार्जुन गाउँपालीकाको शंकरपुरमा र चैत्र १९ गते लेकम गाउँपालीकाको रातामाटामा वृहत चुनावि आमसभा गर्ने तयारी भईरहेको नेकपा एमाले जिल्ला कमिटी सचिव शेर सिंह धामीले जानकारी दिनुभयो । पालीका स्तरीय चुनावि आमसभाको लागि पालीका कमिटीहरु प्रचारप्रसार तथा तयारीमा जुटेको जिल्ला कमिटी सचिव धामीले बताउनुभयो ।
चैत्र १० गते शैल्यशिखर नगरपालीकाको गोकुलेश्वरमा हुने चुनावि वृहत आमसभाको लागि बिभिन्न तयारीमा जुटेको शैल्यशिखर नगरपालीका नगर कमिटी अध्यक्ष रणबहादुर खत्रीले जानकारी दिनुभयो । त्यस्तै मालीकार्जुन गाउँपालीका स्तरीय कमिटीको बैठक बसेको छ । गाउँपालीका कमीटीले चुनावि अभियानमा गरेको ८ ओटै वडाहरुको अन्तरक्रीया र टोल स्तरबाट आएका रायसुझाब माथि छलफल गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरा सिंह धामीले बताउनुभयो ।
त्यस्तै अन्य गाउँपालीकाहरुको पनि तयारी भईरहेको नेकपा एमाले जिल्ला कमिटीले जानकारी दिनुभयो ।