दार्चुला ।घरघर जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तर्गत शनिबार जिल्लाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा काँग्रेसको बृहत आमसभा सम्पन्न भएको छ ।नेपाली काँग्रेस शैल्यशिखर नगरपालिकाले बृहत आमसभाको आयोजना गरेको हो ।
नेपाली काँग्रेस शैल्यशिखर नगर सभापति मोहन सिंह साउँदको सभापतित्वमा सम्पन्न आम सभामा प्रमुख अतिथी नेपाली कांग्रेस सुदुरपस्चिम प्रदेश सभापति तथा पुर्ब मन्त्री बिर बहादुर बलायर रहेका थिए भने कार्यक्रम को विशिष्ट अतिथीमा नेपाली कांग्रेस जिल्ला सभापति ललित सिंह बोहरा , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बिक्रम सिंह धामी ,मोहन सिंह राठौर ,शैल्यशिखर नगरपालिका का नगर प्रमुख अमर सिंह धामी,महाधिवेशन प्रतिनिधि राजमती बम पाल मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी ,रहेका थिए ।
उक्त कार्यक्रम मा एमाले र माओवादी परित्याग गरि ३७५ जनाले नेपाली कांग्रेस प्रबेश गरेको नेपाली कांग्रेस शैल्यशिखर नगर कार्यसमिति सचिब तिलक बहादुर पालले बताए।कार्यक्रममा बोल्दै शैल्यशिखर नगर प्रमुख अमर धामी ले अहिले देश भरी नै कांग्रेसको लहर भएकोले शैल्यशिखरमा पनि कांग्रेस बहुमतले बिजय हुने दाबी गरे।उहाँका अनुसार आफ्नो कार्यकालमा शैल्यशिखरमा रिङरोड देखि लिएर शिक्षा स्वास्थ खानेपानी बिद्युत मा बिकास गरेको बताए ।
शैल्यशिखर मा एमाले माओवादी को गठबन्धन हुने हल्ला भए पनि बिगत मा भएको गठबन्धनले जनता माथी बिश्वास घात गरेको आरोप लगाए।मेयर धामी का अनुसार एमाले ले माओवादी ले अझै पनि गठबन्धन गरेर आएपनी शैल्यशिखरमा कांग्रेस बहुमत ले बिजय हुने बताए।
शैल्यशिखरमा मेयर को लागि माननीय मन्त्री गणेश सिंह ठगुन्ना नै आए पनि आफू उहाँ संग चुनाव लडेर बहुमतले बिजय हुने दाबी गरे।कार्यक्रम मा बोल्दै नेपाली कांग्रेस जिल्ला सभापति ललित सिंह बोहरा ले जिल्ला को ९ वटै स्थानीय तहको निर्वाचन मा कांग्रेस बिजय हुने बताउनु भयो।
त्यस्तै कार्यक्रम मा बोल्दै महाधिवेशन प्रतिनिधि बिक्रम सिंह धामीले एमाले र माओवादीहरूको झुट र भ्रम को खेती मा खडेरी लाग्ने बताए।उनका अनुसार कम्युनिस्ट हरु आफै ले पारेको खाडलमा आफै परेर सक्किने बताए।
जनता ले कम्युनिस्ट हरु लाई बिगत मा बहुमत का साथ सरकार मा पुगाएको भए पनि जनताको मतको कदर नगरेको आरोप लगाए।आसन्न स्थानीय तहको निर्वाचन मा देश भरिनै कांग्रेस बहुमत का साथ बिजय हुने नेता बिक्रम सिंह धामीको भनाई थियो।
शैल्यशिखर नगरपालिका कांग्रेस द्वारा आयोजित कार्यक्रम का प्रमुख अतिथि तथा नेपाली कांग्रेस सुदुरपस्चिम प्रदेश सभापति तथा पुर्ब मन्त्री वीर बहादुर बलायर ले मन्तब्य राख्दै कम्युनिस्ट हरु दिउँसो नै टर्च बालेर हेर्नू पर्ने अवस्था आएको बताए।
घर घर जाऔं, कांग्रेस जिताऔँ अभियान अन्तरगत दार्चुला आइपुग्नुभएका सभापति बलायरले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेशलाइ विजयी गराउन सक्रिय हुन नेता, कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ।
सभापती बलायरले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने बताएका हुन् ।उनका अनुसार गठबन्धनको परिकल्पना नगरिएकाले नीतिगत रुपमा सुदूरपश्चिममा गठबन्धन नहुने बताउनु भयो।
।
