दार्चुला – दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको छ । अनुमती बिना नेपालतर्फ आएपछि चाबी खोसेको पत्रकार भोज राज जोशीले बताउनुभयो।
नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो ।
दार्चुला जिल्ला प्रशासनलाई बुझ्दा ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो,’त्यसैले हामिले चाबी थुतेका हौँ प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए।
उनले भने, ‘समन्वय बिना नेपालतर्फ स्काभेटर ल्याउन पाइदैन्, नेपालतर्फको बाटो प्रयोगका ल्याइएको भएपनि लिखित रुपमा जानकारी गराएको छैन।
भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि दार्चुला मा सिमा विवाद हुँदै आएको छ ।भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभावी रुपमा तटबन्ध निर्माण गरिरहेको छ । चाबी सशस्त्र प्रहरीले थुते पनि भारतीय स्काभेट्र चालक्ले अर्को चाबी प्रयोग गरेर फिर्ता लगेका छन् ।’ उक्त स्काभेटर नदीको धार परिवर्तन गर्दै नेपालतर्फ पुगेको थियो।
यो आज मात्रै होइन भारतिय पक्षले बेला बेला यस्ता हर्कथरु गर्दै आएको छ । एकसाता अगाडि भारतिय पक्ष र नेपालको तर्फबाट प्रमुख जिल्लाअधिकारी बिच महाकालीमा तट्बन्द कसरी निर्माण गर्ने सम्बन्धमा कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन ।
के कुरा भयो के सहमति भयो कुनै जानकारी नभएको स्थानीय अनिल जोशिले बताए। बेला बेला भारतिय पक्षले नेपालिहरु लाई दमन गर्ने काम गरि राखेको छ ।स्थानीय हरुले पटक पटक प्रशासन लाई गुहार माग्दै आएका छन।