शैल्यशिखर नगरपालिकामा १४ हजार बढि मतदाताले मत दिन पाउने

दार्चुला – दार्चुलामा ८८ हजार बढि मतदाताले २०७९ सालको स्थानीय तह निर्वाचनमा मत दिन पाउने भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार दार्चुलामा ८८ हजार २ सय ८५ मतदाता संख्या रहेको छ । जिल्लामा ४५ हजार १ सय ११ पुरुष र ४३ हजार १ सय ७४ महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । जिल्लामा सबैभन्दा बढि मतदाता शैल्यशिखर नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम अपिहिमाल गाउँपालिकामा रहेका छन ।

शैल्यशिखर नगरपालिकामा १४ हजार २ सय ९९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जानकारी दिनुभयो । यस्तै महाकाली नगरपालिकामा १३ हजार २ सय ८४, मालिकार्जुन गाउँपालिकामा ११ हजार ३ सय २०, लेकम गाउँपालिकामा ९ हजार ७ सय ७०, नौगाड गाउँपालिकामा ९ हजार ५ सय ९६, मार्मा गाउँपालिकामा ९ हजार २ सय ८५, दुहुँ गाउँपालिकामा ८ हजार २ सय ७६, व्याँस गाउँपालिकामा ७ हजार ८ सय ४ र अपि हिमाल गाउँपालिकामा ४ हजार ६ सय ५१ मतदाता रहेका छन ।

यस पटकको चुनावका लागि दार्चुलामा १ सय १० मतदान स्थल र १ सय ३९ मतदान केन्द्र रहने छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दार्चुला जिल्ला भरिका ९ वटै स्थानीय तहहरुमा कुल ७३ हजार ५० मतदाता रहेका थिए । पाँच वर्षमा दार्चुलामा झण्डै १५ हजार मतदाता थपिएका छन ।

Leave A Reply

Your email address will not be published.