दार्चुला – लेकम गाउँपालीका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा युवानेता महादेब साउँदको आकांक्षा देखिएको छ । स्थानिय चुनावको मिती घोषणा गरे संगै बिभिन्न राजनितीकर्मीहरु आकाङक्षी देखिन लागेका हुन ।
लेकम गाउँपालीका वडा नम्बर १ का युवानेता महादेब साउँदले पनि नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदको लागि ईच्छुक रहेको बताउनु भयो । उहाका अनुसार आसन्न स्थानीय तहको निर्बाचनमा वडा नम्बर १ नेपाली कांग्रेसबाट आफ्नो पनि वडा अध्यक्षको लागि उम्मेदवारी रहने बताए ।
अर्थशास्त्रमा स्नातक गरेका साउँद २०७० सालदेखि विभिन्न ठाउँमा शिक्षण पेशा गर्दै सामाजिक कार्यहरुमा पनि नेतृत्व गर्दै आइरहनु भएको छ । २०७० सालदेखि शिक्षण गर्दै आएका उहाँ २०७२ देखि सुचना तथा संचार प्रविधि सँग जोडिदै काम गर्दै आएका छन् । साउँदले अहिले बडिपुर माध्यमिक विद्यालयमा कम्प्युटर अपरेटर स्वयम् सेवक शिक्षकका रुपमा काम गर्दै विगत केही वर्ष यता समाज सुधारका लागि युवा एकता अभियान पनि चलाइरहेको बताउनुभयो ।
साथै साउदले बैशाख ३० गतेको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा उम्मेदवारी दिने मनसाय बनाइ अहिले गाउँमा भेटघाट साथै सुझाव र सल्लाह सहित घरदैलो कार्यक्रम पनि गरिरहेको बताए । साउँदले शिक्षा क्षेत्र र सुचना तथा संचार प्रविधि क्षेत्रको अनुभव सँगै शिक्षा लाई पहिलो प्राथमिकता दिदै विकासका पुर्वाधारहरुको दिगो विकास र स्वरोजगार, कृषि , खेलकुद, धर्म, संस्कृति, सामाजिक समस्या र तिनको समाधानका योजना सहित घरदैलो अभियान चलाइने बताउनुभयो ।
