दार्चुला – स्थानीय तहको निर्वाचन लाई लक्षित पारी आयोजना गरिएको नेपाली कांग्रेस ब्यास गाउँपालिका वडा नम्बर ४ कार्यसमितिको बैठक विविध निर्णय गर्दै सप्पन्न भएको छ ।
बैठकले २०७९ बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा बर्षौ देखि कम्युनिस्टको गड मानिने वडा नम्बर ४ मा कांग्रेसको नेतृत्वमा रहेको ब्यास गाउँपालिकाले गरेका लोकप्रिय कामहरू जनतामाझ लगेर कांग्रेसको जित सुनिस्चित गर्ने गरि प्रचारप्रसार गर्ने निर्णय भएको कांग्रेस ब्यासका सचीव देवराम कामीले जानकारी दिए ।
साथै कांग्रेसको नेतृत्वमा रहेको ब्यास गाउँपालिकामा कांग्रेसले गरेका लोकप्रिय काम बाट प्रभावित भएर विभिन्न पार्टी परित्याग गर्दै १५ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको सचीव कामिले जानकारी दिनुभयो ।
बैठकले नेपाली कांग्रेस ब्यास गाउँपालिका कार्यसमितिको प्रवक्त्तामा दिपक बिष्ट लाई मनोनीत गरेको कांग्रेस ब्यासका सभापति नरेन्द्र दत्त भट्टले जानकारी दिनुभयो ।