मालीकार्जुनको वडा नम्बर ३ मा सीप विकास तालीम सम्पन्न

दार्चुला – मालीकार्जुन गाउँपालीका वडा नम्बर ३ बसेडीमा सीप विकास तालीम सम्पन भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत ७ दिने साबुन बनाउने पुनरताजगी सीप विकास तालीम विहीबार सम्पन भएको हो । मालीकार्जुन गाउँपालीका वडा नम्बर ३ का महिला वडा सदस्य पार्वती धामीको अध्यक्षतामा उक्त कार्यक्रमम सम्पन भएको उद्यम विकास सहजकर्ता राधिका धामीले जानकारी दिनु भयो ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको आर्थिक सहयोग तथा मालीकार्जुन गाउँपालीका उद्योग शाखाको आयोजनामा सन्चालन गरिएको सीप विकास तालीम सम्पन भएको सहजकर्ता धामीले बताउनुभयो ।

बेरोजगार युवालाई रोजगार दिने उद्धेस्यले सीप विकास तालीम सन्चालन गरेको सहजकर्ता धामीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.