दार्चुलाको शैल्यशिखर ६ मा काँग्रेसबाट वडा अध्यक्षको लागि जगदीश धामी सर्बसम्मत चयन

दार्चुला । नेपाली काँग्रेसेले दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ६ को वडा अध्यक्ष पदमा युवा नेता जगदिश सिह धामीलाई सर्बसम्मत चयन गरेको छ।

वडा कार्यसमितीको बैठकले वडा अध्यक्षको लागी धामीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । ३४ बर्षका युवा नेता धामीले शैल्यशिखर नगरपालिका वडा नं ६ को समृद्द विकासका लागि आफुँले बिभिन्न एजेण्डासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

आफुँ वि।सं २०६३ साल देखि नेपाली काँग्रेस पार्टीमा अनवरत रुपमा काम गरेको उल्लेख गर्दै युवा नेता धामीले शैल्यशिखर नगरपालिका वडा नं ६ मा अहिले संचालन भइरहेका कार्यक्रमलाई अझै बृहत् बनाएर लैजान समेत आफ्नो उम्मेदवारी रहेको मालिकार्जुन खबरलाई बताए ।

” शैल्यशिखर नगरपालिका वडा नं ६ पनेबाज निवासी धामी ले सम्पुर्ण वडा बासी लाई अमुल्य मत दिएर जिताउन अपिल गरेका छन। युवा नेता धामी शैल्यशिखर नगरपालिका तरुण दल उपाध्यक्ष तथा नेपाली काँग्रेस दार्चुलाका क्रियाशिल सदस्य समेत रहेका छन।

Leave A Reply

Your email address will not be published.