फेक आइडी बनाएर चरित्रहत्या गरिएको प्रति शैल्यशिखर नगरपालीका मेयर धामीको आपत्ती

दार्चुला –  शैल्यशिखर नगरपालीका मेयर अमर सिह धामी नामक फेसबुक आइडी बाट सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरिएको भन्दै नगर प्रमुख धामीले आपत्ती जनाएको छ ।

नेपाली कांग्रेस दार्चुलाका नेता तथा पुर्व जिल्ला उपसभापति समेत रहनुभएका धामीको एक बर्ष पहिला र शनीबार पनि फेसबुक आइडीबाट चरित्र हत्या गर्ने किसिमका पोष्ट भईरहेकाले आपत्ती जनाएको हो । अनाधिकृत रुपमा फेक आइडी बनाएर कांग्रेस नेता तथा मेयरको चरित्र हत्या गर्न खोजिएकोे भन्दै धामीले आफैले चलाउने फेसबुकमा लेख्दै आपत्ती जनाएका छन् ।

नगर प्रमुख धामीले आफैले चलाउने फेसबुकमा यस्तो लेख्नुभएको छ । आदरणीय मेरा ईस्टमित्र, सुभचिन्तक साथै फेसबुकमा चिरपरिचीत हुनु भएका साथिहरुमा नमस्कार मेरो Amar Singh Dhami नाम गरेको फेसबुक आइडी कसैलै मेरो बद्नाम गर्ने नियतले नयाँ आईडी बनाएर जथाभावी पोस्टहरु शेयर गर्ने गरेको पाइएको छ । बीचमा केही समयको लागि त्यो फेक आईडी बन्द गरेको भएता पनी शनिबार मात्रै कसैले फेरि त्यही आईडी खोलेर पोस्ट शेयर गरेको पाइएको छ । मेरो रियल फेसबुक आईडी र फेक आईडीमा एउटै फोटो राखेर बनाएको छ । हजुरहरु सबैलाइ जानकारी गराउन चाहान्छु कि यदी यो नाम बाट कुनै मेसेज या हेल्लो हाइ आएको खण्डमा रिप्लाई नदिनुहोला । यो आइडी बनाउनु हुने मित्रलाई आइडी डिएक्टिब गरिदिन हुन पनि अनुरोध गर्दै आइडी डिएक्टिब नगरेको पाइएमा तुरुन्तै कानुनी कार्बाही अगाडि बढाइने ब्यहोरा समेत जानकारी गर्दछु।

आसन्न चुनाबका लागी फेरी मेयरका आकंक्षी रहेका धामीलाई कमजोर देखाउन विपक्षी खेमाले उहाविरुद्ध अनाधिकृत रुपमा फेसबुक आइडी र पेज प्रयोग गरेको हुनसक्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.