बैतडीको दशरथचन्दमा एमालेबाट मेयरमा ‘लख्खाभाइ’ उम्मेदवार

दार्चुला । नेकपा एमाले बैतडीले दशरथचन्द नगरपालिकाको मेयरमा पुष्कर जोशी लख्खाभाइ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको नगरकमिटी बैठकले एमाले सुदूरपश्चिम कमिटी सदस्य रहेका जोशीलाई मेयर पदको उम्मेदवारमा सर्वसम्मत चयन गरेको हो।

उपप्रमुखमा अझै टुंगो नलागेको नेकपा एमाले दशरथचन्द नगर कमिटी सचिव मनोज बोहराले बताए।

लख्खाभाइ गत स्थानीय तहको निर्वाचनमा ६० मतले पराजित भएका थिए।

Leave A Reply

Your email address will not be published.