शैल्यशिखरको ठुलीसैनी बनमा लागेको आगो नियन्त्रण

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ र वडा नम्बर ५ मा पर्ने ठुलीसैनी क्षेत्रमा लागेको आगो झण्डै १२ घन्टापछि नियन्त्रणमा आएको छ ।

सोमबार बिहान करीब ८ बजे तीर शैल्यशिखर नगरपालिकाको राष्ट्रीय वन र बिफेगण भेरेगौण सामुदायीक वनमा लागेको आगो स्थानीयवासी र बिफेगण भेरेगौण सामुदायीक वनका सचिव राजेन्द्र साउदको नेतृत्व समीतीका ९ जना पदाधिकारीहरुको सक्रियतामा आगो नियन्त्रणमा आएको हो ।

वन पैदावार र बनस्पती समेत जोखिममा परेपछि सामुदायिक वनका उपभोक्ताहरू आज दिनभरी आगो नियन्त्रणका लागि खटिएको बिफेगण भेरेगौण सामुदायीक वनका सचिव राजेन्द्र साउदले जानकारी दिनुभयो ।

सोमबार बिहान देखि लागेको आगो शैल्यशिखर नगरपालिका ९ को ठुलीसैनी सडक बाट सुरु भएको थियो । करिब ४० देखी ५० जना लाइनमा बसी स्याउला, बाल्टीमा पानी बोकेर आगो नियन्त्रणमा ल्याएका हुन ।

Leave A Reply

Your email address will not be published.