बैतडी – डिलाशैनि गाउँपालीका वडा नम्बर १ को नानारा टोलमा नेपाली कांग्रेसले टोल समिति गठन गरेको छ ।
सोमबार कृष्ण बहादुर राना संयोजक रहने गरी २७ सदस्यीय टोल समिति गठन गरेको नेपाली कांग्रेस डिलाशैनि गाउँपालीका वडा नम्बर १ का सभापति राम दत्त भट्टले बतानुभयो । समितिको उपसंयोजकमा महादेब राना र सचिवमा रमेश राना चयन भएका छन ।
डिलाशैनि गाउँपालीका वडा नम्बर १ का सभापति राम दत्त भट्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति डिलाशैनि गाउँपालीका नेपाली कांग्रेसका सदस्य कृष्ण कुमार धामी रहनु भएका थिए भने उक्त टोल बाट नेकपा एमाले परीत्याग गरी २० जनाले नेपालि कांग्रेसमा प्रबेश गरेको सभापति राम दत्त भट्टले जानकारी दिनुभयो ।