जसपाको सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादी केन्द्रमा प्रवेश

दार्चुला । जनता समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीमा पुनः स्वागत गरेका हुन् ।
उनले फेसबुकमार्फत् आज मात्रै पार्टी परित्यागको घोषणा गरेका थिए । उनले लेखेका छन् ‘आजबाट जसपा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गर्दछु ।’
बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी गठन गर्दा उनी पनि भट्टराईसँगै नयाँ शक्तिमा गएका थिए। नयाँ शक्ति जनता समाजवादी पार्टीमा समाहित भएपछि कुन्दन सुदूरपश्चिम प्रदेश अध्यक्ष थिए।

उनीसँगै जनता समाजवादी पार्टी सुदूरपश्चिमका अन्य नेता कार्यकर्ताहरु पनि माओवादीमा फिर्ता भएका बताइएको छ । उनी माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य पनि थिए ।

Leave A Reply

Your email address will not be published.