माध्यमिक तहका लागी शिक्षक अध्यापन अनुमतिको विज्ञापन खुल्यो

दार्चुला  – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ।

आयोगले आज एक सूचना जारी गर्दै नियमावली, २०५७ को नियम ९ को उपनियम १ को खण्ड ग वा नियम ९ को उपनियम ७ बमोजिम योग्यता र तालिम वा योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २९ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ।

यस्तै आयोगले दोब्बर दस्तुर तिरी जेठ ५ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ।

आयोगको वेबसाइटमा विवरण भर्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.