सातै प्रदेशमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने

दार्चुला । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले आगामी सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो।

पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शिर्ष नेताहरुले चुनावी सभालाई सम्बोधन गर्ने निर्णय गरेको छ।

गठबन्धनले वैशाख १८ मा धनगढी र सुर्खेत, १९ गते पोखरा र बुटवल, २० गते विराटनगर र जनकपुर र २२ गते काठमाडौंमा सभा गर्ने भएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.