सिन्धुपाल्चोकमा माओवादीका दुई समूहबीच झडप

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखको उम्मेदवारी दिने क्रममा झडप भएको छ। नगरपालिकाका केही वडा नेकपा एकीकृत समाजवादीलाई दिएपछि माओवादी कार्यकर्ता आक्रोशित बनेका हुन्।

माओवादीले कृष्णप्रसाद सापकोटालाई मेयरको टिकट दिएको छ। ​निवर्तमान मेयर अमानसिं तामाङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेपछि नेता कार्यकर्ता असन्तुष्ट छन्।

झडपमा नगरपालिका तोडफोड गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्यास प्रहारसमेत भएको छ। उम्मेदवारी दर्ता गर्न जाने क्रममा माओवादीकै दुई पक्षबीच झडप भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।

अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Leave A Reply

Your email address will not be published.