दार्चुलाको शैल्यशिखरमा एमाले विजयी

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका विजयसिंह धामी ४५४४ मतका साथ विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमरसिंह धामीले ३९०८ मत प्राप्त गरे। उपाध्यक्षमा एमालैकै शान्ति खडायत विजयी भएकी छिन्। उनले ४६३५ मत पाइन्, उनकी प्रतिस्पर्धी काँग्रेसकी राजमती बमले ३८५० मत प्राप्त गरिन्।

पालिका भित्रका ९ वडा मध्ये वडा नम्बर ६ बाहेक सबै वडामा एमाले विजयी भएको छ ।

Leave A Reply

Your email address will not be published.