दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन्। उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकी बोहरा निर्वाचित भएका छन्।
अन्तिम मत परिणामअनुसार ठेकरेले २ हजार ३१२ मत प्राप्त गरेका छन्। उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन्। पराजित मन्यालले १ हजार ३८५ मत ल्याएका थिए। गत निर्वाचनमा मन्याल वियजी भएका थिए, भने ठेकरे मन्याल संगै पराजित भएका थिए।
यस्तै उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसकी देवकी बोहराले २ हजार २७ मत ल्याएकी छिन्। उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत पाएकी छिन्।