दुहुँको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरेन्द्रबहादुर वडाल विजयी भएका छन्।

वडाल २८८६ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस दार्चुलाका सचिव एवं गठबन्धनका साझा उम्मेदवार पुलेन्द्रबहादुर कार्कीले २७९६ मत प्राप्त गरे।

पालिकाको उपाध्यक्षमा काँग्रेसकी शान्ति बम विजयी भएकी छिन्। बमले २८४३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार ताराकेशरी कुवँरले २८३१ मत प्राप्त गरिन्।

Leave A Reply

Your email address will not be published.