मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका धामी निर्वाचित

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन्। धामी ४ हजार ३४ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन्। उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन्। ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन्।

Leave A Reply

Your email address will not be published.