डिलासैनीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश विजयी

बैतडी – बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन्। उनी गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितल लाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

जोशीले नेकपा एमालेको बैतडी नेतृत्वले आफूमाथि अन्याय गरेको भन्दै पार्टीबाट राजिनामा दिई गत चैत्र २७ गते डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।

उपाध्यक्षमा भने नेपाली काँग्रेसका भगीरथ बोहरा विजयी भएका छन्। उनले ३८७३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी लिलावती जोशीले २७७९ मत पाइन्।

स्वतन्त्र उम्मेदवारमा भने ७ वडामध्ये ३ वडामा स्वतन्त्र उम्मेदवार नै विजयी भएका छन्। एमाले र कांग्रेस दुई/दुई वडामा विजयी भएका छन्।

वडा नम्बर १ मा कांग्रेसका कृष्णकुमार धामी, २ मा एमालेका नवराज घरडी, ३ मा एमालेका रघुवीर बोहरा, ४ मा स्वतन्त्रका हरिदत्त पन्त, ५ स्वतन्त्रका यज्ञराज भट्ट, ६ मा कांग्रेसका उत्तरबहादुर बोहरा र ७ मा स्वतन्त्रका प्रकाशमणी भट्ट विजयी भएका छन्।

Leave A Reply

Your email address will not be published.