बैतडी पाटनको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

बैतडी – बैतडीको पाटन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गौरिसिंह रावल विजयी भएका छन्। उनी ६८६९ मत प्राप्त गर्दै विजयी भएका हुन्। रावलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणसिंह भण्डारीले ५२९० मत ल्याए।

यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका कमलसिंह बोहरा अपि विजयी भएका छन्। उनी ५ हजार ७५१ मत ल्याई विजयी भएका हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी हरु भट्टले ५४२७ मत ल्याइन्।

Leave A Reply

Your email address will not be published.