२८ वर्षीय जोशी परशुराम नगरपालिकाको मेयरमा निर्वाचित

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन्। उनी ५९४१ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शेरसिंक माल डायमण्डले ५८०५ मत ल्याए भने एमालेका केशव बोहराले २६०६ मत प्राप्त गरे। उपप्रमुखमा माओवादीकी विमला महता विजयी भइन्। उनले ५८८५ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कलावती बोहराले ४५९३ मत ल्याइन्। एमालेकि गोमती पन्तले ३२९६ मत पाइन्।

परशुरामका १२ वडामध्ये ७ वडामा माओवादी केन्द्र र ५ वडामा काँग्रेस विजयी भएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.