बैतडी – बैतडीको पुर्चौडी नगरपालिकाको पहिलो कार्यपालिका बैठक बिहिबार सम्पन्न भएको छ। पहिलो कार्यपालिकाको बैठकबाट ३ वडा थप गर्ने निर्णय भएको छ।
१० वडा रहेको नगरपालिकामा थप ३ वटा वडा बढाउने निर्णय भएको छ। वडा नं ३, ५ र १० बिभाजन हुने नगर प्रमुख दीपकबहादुर बमले जानकारी दिनुभयो।
