मालिकार्जुन गाउँपालिकाको निर्णय शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध

दार्चुला – मालिकार्जुन गाउँपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ। शुक्रबार गाउँपालिकाको बैठकले उक्त निर्णय गरेको हो।

गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आवद्धता त्यागेको विवरण पेश गर्नुपर्नेछ। ‘सात दिनभित्र राजनीतिक दलको आवद्धता त्यागी/ त्याग्न लगाई सोको जानकारी गाउँपालिका कार्यालयमा पेश गर्न अनुरोध छ। अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ बैठकपछि जारी जानकारी पत्रमा भनिएको छ।

 

Leave A Reply

Your email address will not be published.