दार्चुला – हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले ट्विटरमार्फत जहाज रहेको ठाउँ पत्ता लागेको जनाकारी दिनु भएको छ । उहाँका अनुसार जहाज मुस्ताङको थसाङ २ सानोस्वारे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
सिलवालले ट्विटरमा दुर्घटनाग्रस्त विमानको तस्बिर पनि राख्नु भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज बिहान ५ बजेदेखि सुरु भएको हो ।
हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको थियो ।
हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ ।
जहाज दुर्घटनास्थलमा उद्धार टोली पुग्यो
हिजोदेखि हराइरहेको तारा एअरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
स्थानीय यार्सागुम्बा सङ्कलक किसानले मुस्ताङको थासाङ गाउँपालिका(२ सानोस्वोरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको जानकारी दिएका हुन् । उनीहरुले दुर्घटनाग्रस्त जहाजको तस्बिरसहितको जानकारी पठाएपछि उद्धार टोली त्यहाँ पठाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
सेना र प्रहरीसहितको उद्धार टोली घटनास्थल पुगिसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालले जानकारी दिनुभएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।

