दार्चुला – जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ सेतकला बस्ने ७२ बर्षका अर्जुनसिह साउदको भिर बाट लडेर मृत्यु भएको छ ।
साउदको गएराती सवा आठ बजे शैल्यशिखर नगरपालिका वडा नम्बर ५ पिपलखानमा रहेको पसलबाट घर फर्किने क्रममा भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो ।
साउद भागरथी आधारभुत बिद्यालय सेतकलाका खाध्य व्यवस्था समिती अध्यक्ष शैल्यशिखर नगर बन सञ्जाल अध्यक्ष र देउडा क्षेत्रमा पनी चिरपरीचीत व्यक्त्ति हुन ।
नेपाली कांग्रेसका क्रीयासिल सदस्य समेत रहेका साउँदको आज विहान साढे १० बजे गोकुलेस्वर आर्यघाटमा पार्टिको झण्डा ओढाएर अन्त्येष्टी गरीएको छ ।