दार्चुला – वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई चुनावमा भएको खर्च विवरण बुझाउन जिल्ला निर्वाचन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
निर्वाचन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै उम्मेदवारहरुले निर्वाचन भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्च विवरण बुझाउन आग्रह गरेको हो ।
३० दिनभित्र चुनावमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कानुन अनुसार कारवाही गर्ने समेत जिल्ला निर्वाचन अधिकारी धामीले बताउनुभयो ।