कांग्रेसलाई प्रचण्डको चेतावनी: एमालेलाई जस्तै ठेगान लगाउन नपरोस् ,कांग्रेसका नेताले बुझे हुन्छ

दार्चुला – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले पनि माओवादी केन्द्रलाई हेप्न खोजे एमालेलाई जस्तै ठेगान लगाइदिने चेतावनी दिएका छन्।

आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई पार्टीको प्रशिक्षण दिँदै उनले कांग्रेसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले जस्तै दम्भ र अहंकार देखाउन थालेको बताएका हुन्।

प्रचण्डले कांग्रेसलाई चेतावनी दिँदै भने, ‘कांग्रेसलाई पनि भन्न चाहन्छु। अहंकार र दम्भले कसैको हित गर्दैन। कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन स्थानीय तहको निर्वाचनमा पनि ठेगान लगाइयो। अब प्रदेश र संघमा पनि ठेगान लगाउने भन्यो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनुपर्ने दिन नआओस् भन्ने पक्षमा छौँ।’

हिजो एमालेसँग गठबन्धन र एकता बनाउँदा राम्रो उद्देश्य राखेको भए पनि एमालेको लिडरसिपमा अहंकारको कारणले असफल भएको बताए। उनले अहिले कांग्रेसमा अहंकार देखिएला कि भन्दै चिन्ता व्यक्त गरेको बताए।

‘हामीले प्रधानमन्त्री बनायौँ। मेहनत गरेरै बनाएको हो। देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ। तर, हामी चिन्तित छौँ’ प्रचण्डले भने, एमाले नेतृत्वमा चेतना आयो होला भन्ठानेको त अस्ति तीन घण्टा अरूलाई गाली गरेको छ। बोरामा मान्छे लगेर लुटेको जस्तो हो भनेको छ।’

उनले ओली माओवादीको साथबिना प्रधानमन्त्री बन्न नसक्ने दाबी गरे। ओलीले माओवादीलाई लक्षित गरेर प्रस्तुत भएपछि आफूले त्यसको जवाफ दिएको प्रष्ट पारे।

‘अहिले स्थानीय निर्वाचनमा कांग्रेसले केही ठाउँमा माओवादीलाई यसो दायाँबायाँ गरेर कमजोर पारियो। या अरू दललाई भन्ठानेको होला। धेरै नै आएको छ कांग्रेसको धेरै आउँछ भन्ने हामीलाई लागेकै हो। कांग्रेस पनि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ’ प्रचण्डको भनाइ छ।

https://video.fktm1-1.fna.fbcdn.net/v/t42.1790-2/285017244_141048961851044_6656025697232366964_n.mp4?_nc_cat=104&ccb=1-7&_nc_sid=985c63&efg=eyJybHIiOjQwMSwicmxhIjo1NDYsInZlbmNvZGVfdGFnIjoic3ZlX3NkIn0%3D&_nc_ohc=2PuBUBJbVsAAX8BCh3U&tn=mXk4jdzqv9bMtACT&rl=401&vabr=223&_nc_ht=video.fktm1-1.fna&edm=AGo2L-IEAAAA&oh=00_AT-1WmkengmmjGSNumwDRYH7j8jA7B6dzyy8DXXIqYCsBQ&oe=629782E4

Leave A Reply

Your email address will not be published.