दार्चुलामा आगोमा जलाएर एकल महिलाको हत्या

दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ ।  जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँच बारिलका ४५ बर्षीया अनिभा खडायतलाई घर नजिकैको खरको लुटोमा आगो लगाएर  हत्या गरिएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लोकेन्द्र कार्कीले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।एकल महिला रहेका खडायतलाई राती हत्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले बताउनुभयो । महिलाका श्रीमान ७/८ वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् ।

घटनामा संलग्न रहेको आशंकामा शंकास्पद दुई जना स्थानीयलाई सोधपुछको लागि पक्राउ गरिएको कार्कीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा गइरहेको छ ।

Leave A Reply

Your email address will not be published.