Naya Sadar
Badar

दार्चुलामा समन्वय समिति गठनका लागि १० बजे देखि मतदान हुने,यस्तो छ जोडघटाउ

Sadar Sano

दार्चुला । दार्चुलामा समन्वय समिती गठनका लागी सम्पुर्ण तयारी पुरा भएको छ । आज सोमबार बिहान १० बजे देखि दिउँसो २ बजे मतदान समय तोकिएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । मनोनयन दर्ता भएका उम्मेदवारहरुको हिजो अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

दार्चुलामा जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ, भने एमाले एक्लै चुनावी मैदानमा रहेको छ । जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका महादेव बडूको उम्मेदवारी परेको छ, भने एमालेबाट पुरन सिंह बुढाथोकीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले बताउनुभएको छ ।

Naya Mat patra

त्यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना र एमालेबाट नारन्ती तोलीगाई (महता) को उम्मेदवारी परेको छ । यस्तै खुला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खडक सिंह धामी, पुस्कर सिंह धामी र बल्देव सिंह ठगुन्नाको उम्मेदवारी परेको छ, भने एमालेबाट नरेन्द्र सिंह कुवर , भुवन सिंह धामी र रमेश बोहराको उम्मेदवारी परेको छ । तीन महिला सदस्यका लागि नेपाली कांग्रेसका सरस्वती सार्की तथा माओवादी केन्द्रका गौरी टमटा र अस्मती टमटाको उम्मेदवारी परेको छ । एमालेबाट अम्बीका नेपाली, तुलसी देवी डांगा र पावर्ती देवी धामीको उम्मेदवारी परेको आचार्यले बताउनुभएको छ। । त्यस्तै एकजना दलित सदस्यका लागि नेपाली काँग्रेसबाट कमला सुनार र एमालेबाट पावर्ती पार्कीको उम्मेदवारी परेको छ ।

यस्तो छ जोडघटाउ

नौ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार छ । जिल्लामा नेकपा माओवादी केन्द्रको ४ स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुख सहित ६ मतभार छ, भने नेपाली कांग्रेसको चार वटा स्थानीय तह उपप्रमुखसहित ४ मतभार छ । यसरी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको कुल १० मतभार रहेको छ।

नेकपा एमालेको ५ स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुख सहित ८ मतभार रहेको छ ।

Leave A Reply

Your email address will not be published.