दार्चुला । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोगचलनमा ल्याउने पहल भैरहेको बताएकी छन्। यी भूमीहरु नेपालको हो भन्नेमा आशंका नर्गन सांसदहरुलाई मन्त्री श्रेष्ठले आग्रह गरेकी छन्। मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन्। सांसदहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोगचलनमा कहिले आउँछ रु भनी प्रश्न गरेका थिए ।
जवाफमा उनले भनेकी छन्, ‘ती भाग निसन्देश नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त छ। ती स्थानहरु नेपालको भोगचलनमा ल्याउन नेपाल सरकारको सक्षम निकायले बार्ता र कुटनीतिक माध्यमबाट आवश्यक पहल गरिरहेकै छ।’