लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

दार्चुला । महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ । एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा वली पक्राउ पर्नुभएको हो ।

आज बिहान ८ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएको थियो।

मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । आरोपित राज्य मन्त्री वलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले लगिएको छ । वलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गाडी दुर्घटनामा परि ज्यान गएको थियो । उपचुनावमा नेकपा एमालेबाट निर्वाचित हुनुभएकी वली अहिले नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ ।

केही समय पहिले राज्य मन्त्री वली र मीनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।

Leave A Reply

Your email address will not be published.