दार्चुलाका जयसिंह धामीबारे कूटनीतिक पहल जारी छः परराष्ट्रमन्त्री खड्का

दार्चुला । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी राखेको बताउनुभएको छ ।

‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको मन्त्री खड्काले बताउनुभयो।

गत वर्ष साउनमा दार्चुला जिल्लाको व्यास गाउँपालिका मालघाटस्थित महाकाली नदी पार गर्न सीमावर्ती तुइन तर्दै गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइनको तार काटिदिँदा धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।

Leave A Reply

Your email address will not be published.