जिसस दार्चुलाका नव निर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण भोली हुने

दार्चुला । जिल्ला समन्वय समिती दार्चुलाका नव निर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रम असार १ गते अर्थात भोली हुने भएको छ।

यहि जेष्ठ ३० गते सम्पन्न भएको जिल्ला समन्वय समितीको निर्वाचन बाट निर्वाचित भएका सम्पुर्ण सदस्यहरुको सपथ तथा पदभार ग्रहर्ण कार्यक्रम भोली हुने जिल्ला समन्वय अधिकारी नर बहाँदुर ठगुन्नाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितीको हिजो भएको निर्वाचनमा सत्ताधारी गठबन्धनका उम्मेद्धार प्यानल सहित विजयी भएका थिए । त्यस्तै निवर्तमान जिल्ला समन्वय समितीका पदाधिकारीहरुको विदाई कार्यक्रम पनि भोली नै ठगुन्नाले बताउनुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनबाट जिल्ला समन्वय समितीमा निर्वाचित भएका निवर्तमान पदाधिकारीहरुको विदाई र नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रम भोली एकै दिन गरिने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.