दार्चुलामा मतदाता नामावली संकलन कार्य शुरु

दार्चुला । निर्वाचन आयोगको देशव्यापी कार्यक्रम अनुसार दार्चुलामा फोटो सहितको मतादाता नामावली संकलन कार्य शुरु भएको छ । बुधबार हिजो देखि जिल्लामा पनि फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु भएको  निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु भएको  जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिह धामीले जानकारी दिनु भएको छ ।

। आगामी संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर राखेर फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य शुरु भएको बताइएको छ । १६ बर्ष उमेर पुगेका नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने पनि बताइएको छ ।

१६ बर्षमै फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेपनि मताधिकार भने १८ बर्ष पूरा भएका नागरिकले पाउनेछन् । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र, बसाइसराई गरेर आएकाहरुको हकमा बसाइसराईको प्रमाणपत्र आवश्यक पर्ने निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै जिल्ला बाहिरका नागरिकले पनि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने कार्यालयले जनाएको छ । मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्न पनि सकिनेछ । मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा पुरुष ४५ हजार १११ तथा महिला ४३ हजार १७४जना गरी जम्मा ८८ हजार २८५ जना मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

 

health
Leave A Reply

Your email address will not be published.