दार्चुला । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ। विहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको सहभागितामा उक्त मिति तय भएको हो।
प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकबाट २३ गते चुनाव हुने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताउनुभएको छ ।
वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो।
बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो। नेकपा एमाले मतगणना हुनुपर्ने माग राख्दै उच्च अदालत दिपायलमा रिट दर्ता गरेको छ। हाल उक्त रिट विचाराधिन अवस्थामा रहेको छ ।
