Naya Sadar
Badar

शैल्यशिखरमा ओखर खेतीको संयुक्त अनुगमन

दार्चुलाका किसान ओखर खेतीमा आकर्षित

Sadar Sano

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा ओखर खेतीको संयुक्त अनुगमन गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाई दार्चुलाको आर्थिक बर्ष २०७८÷७९ को स्वीकृत कार्यक्रम अनुसार जिल्ला कार्यान्वयन समन्वय समतीको टोलीले यस क्षेत्रमा लगाएका ओखरका बोटहरुको अनुगमन गरेका हुन ।

नगरपालिकाको वडा नम्बर ६ पनेबाँज, मिलमिली, मोरिभिटा लगायतका क्षेत्रमा ओखर खेती गरिहेका कृषकहरुको ओखर खेतीको संयुक्त टोलीले अनुगमन गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगदिश सिंह धामीले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगदिश सिंह धामी, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद , जिल्ला समन्वय समिती प्रमुख महादेव बडु (कस्यप), कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख, डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख, लगायतको उपस्थीती रहेको उहाँले बताउनुभयो ।

 

दार्चुलाका किसान ओखर खेतीमा आकर्षित

पछिल्लो समय दार्चुलाका किसान ओखर खेतीप्रति आकर्षित हुँदै गएका छन् । जिल्लामा ओखर खेतीका लागी हावापानी निकै अनुकूल हुँदा यस क्षेत्रका कृषकहरु ओखर खेतीप्रती आकर्सित भएका हुन ।

जिल्लामा ओखर उत्पादित ओखरको राम्रो बजार भएकोले पनि कृषकहरु ओखर खेतीमा आकर्षित देखिएका प्रधानमन्त्री कृृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई दार्चुलाका सुचना अधिकारी दिपक सिंह धामीको भनाई रहेको छ ।

Naya Mat patra

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर– ६ का कमल सिंह धामीले ओखर खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । व्यावसायिक रूपमै ओखर खेतीमा लागेर ओखर उत्पादन गरिहेका उहाँले ओखर खेतीबाट आयआर्जनसमेत वृद्धि भएको बताउनुभयो ।

सुरुमा केही मिहेनत लागे पनि फल्न सुरु गरेपछि ओखर खेतीमा त्यती मिहेनत गर्नु नपर्ने उहाँले बताउनुभयो । यस क्षेत्रका ४० जना कृषकहरुले अहिले समुहमा आवद्ध भएर करिव १२ हजार ओखरका बोट रोपेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो यस क्षेत्रका करिव ४० जना कृषकहरु मिलेर खोखर खेती गरिरहेका छौ । २ सय बोटमा फल लाग्न सुरु भएको र अन्य करिव १० हजार बोट अहिले हुर्किरहेका छन ।

उहाँले स्थानीय सरकारले ओखर खेतीमा आवद्ध भएका कृषकहरुका लागी राहत हुने गरी कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो । व्यावसायिक रुपमै ओखर खेती गरिहहेका कृषकहरुका लागी स्थानीय सरकार र अन्य निकायले अनुदानको व्यवस्था मिलाउन सके अझै कृषकहरु यो ओखर खेतीमा आकर्षित हुने उहाँको भनाई रहेको छ ।

ओखर खेतीमा आवद्ध कृषकहरुको लागी शैल्यशिखर नगरपालिकाले आवश्यक समन्वय गरि कृषकहरुलाई अनुदान र प्राविधिक सहयोग गर्ने शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जददिश सिंह धामीको भनाई रहेको छ। उहाँले उत्पादित ओखरको उचित बजार व्यवस्थापन, आवश्यक ओखरका बोटहरु उपलब्ध गराउने, प्राविधिक सहयोगका लागी वडा नम्बर ६ को कार्यालयले नगरपालिकाको निति तथा कार्यक्रममा समावेस गर्न पहल गर्ने दाबी गर्नुभयो ।

ओखर संगै यस क्षेत्रमा उत्पादन हुने फलफुल किबि, एभोकाँडा, सुन्तला, कागती, चुक लगायतका सहजै बजार व्यवस्थापन हुने व्यवसायिक तरकारी खेती गर्नको लागी माटो परिक्षण, सहजै विउ उपलब्ध गराउने गरि कार्यक्रम ल्याउन पहल गर्ने उहाँले बताउनुभयो।

नगरपालिकाको वडा नम्बर ६ लाई तरकारी र फलफुलमा आत्मानिर्भर बनाउन कृषि क्षेत्रको प्रवद्धनको लागी निति तथा कार्यक्रममै समावेस हुने गरि छलफपल भइरहेको उहाँको भनाई रहेको छ ।

जिल्लाका ४ वटा स्थानीय तहमा ओखर खेती विस्तार गर्नको लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, परियोजना कार्यान्वय इकाई दार्चुलाले विभिन्न कार्यक्रम सञ्चालन गरिहेको परियोजना कार्यान्वय दार्चुलाका सूचना अधिकारी दिपक सिंह धामीले बताउनुभयो ।

पछिल्ला केही बर्षको तथ्याङ्क हेर्दा जिल्लामा ओखर खेती गर्ने कृषकहरुको संख्यामा बृद्धि भएको छ । जिल्लामा करिव १ सय ४३ हेक्टर क्षेत्रफलमा ओखर खेती हुने गरेको छ, एक वर्षमा करिव १० देखि १५ टनसम्म ओखर फल्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.