प्रदेश सरकारबाट दार्चुलाका स्थानीयतहहरुमा १५ करोड बढी बजेट अनुदान

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ। आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने अनुदान भने घटाएको हो।

असार १ गते प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए।

अन्तर सरकारी हस्तान्तरणबाट प्रदेशका ८८ वटा स्थानीय तहका लागि भने एक अर्ब ३६ करोड ४० लाख बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले एक अर्ब ७२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो।

प्रदेश सरकारले स्थानीय तहलाई समानिकरण, विशेष र समपुरक अनुदान मात्रै दिँदै आएको छ। कानूनमा स्थानीय तहलाई प्रदेश सरकारले सशर्त अनुदान दिने उल्लेख भए पनि सुदुरपश्चिम सरकारले भने अहिलेसम्म उक्त अनुदानका लागि बजेट विनियोजन गरेको छैन।

चालु आर्थिक बर्ष २०७९÷०८० का लागी प्रदेश सरकारबाट दार्चुलाका ९ वटै स्थानीय तहले १५ करोड ११ लाख ४३ हजार रुपैया अनुदान पाएका छन । २ नगरपालिका र ७ गाउँपालिका रहेको दार्चुलामा प्रदेश सरकारबाट सबैभन्दा बढी बजेट शैल्यशिखर नगरपालिकाले पाएको छ, भने सबैभन्दा कम बजेट अपिहिमाल गाउँपालिकाले पाएको छ।

जिल्लाकोे महाकाली नगरपालिकाले समानिकरण तर्फ १ करोड ८ लाख ४६ हजार, विशेष अनुदान तर्फ २५ लाख र समपुरक अनुदान तर्फ ७४ लाख गरि २ करोड ७ लाख ४६ हजार रुपैया बजेट पाएको छ । शैेल्यशिखर नगरपालिकाले समानकिरण तर्फ १ करोड ५ लाख ७२ हजार, विशेष अनुदान तर्फ २५ लाख र समपुरक अनुदान तर्फ ८० लाख गरि जम्मा २ करोड १० लाख ७२ हजार रुपैया प्रदेश सरकार बाट पाएको छ।

त्यस्तै अपिहिमाल गाउँपालिकाले प्रदेश सरकाबाट समानिकरण अनुदान तर्फ ५३ लाख ४० हजार, विशेष अनुदान तर्फ २५ लाख र समपुरक अनुदान तर्फ १४ लाख गरि ९२ लाख ४० हजार रुपैया बजेट पाएको छ।

जिल्लाको दुहुँ गाउँपालिकाले समानिकरण अनुदान तर्फ ६८ लाख २७ हजार, विशेष अनुदान तर्फ २५ लाख र समपुरक अनुदान तर्फ ९० लाख गरि कुल १ करोड ८३ लाख २७ हजार रुपैया बजेट पाएको छ।

त्यस्तै नौगाड गाउँपालिकाले समानिकरण अनुदान तर्फ ८२ लाख २० हजार, विशेष अनुदान तर्फ २५ लाख र समपुरक अनुदान तर्फ ४० लाख गरि जम्मा १ करोड, ४७ लाख , २० हजार रुपैया पाएको छ।

जिल्लाको ब्याँस गाउँपालिकाले समानिकरण अनुदान तर्फ ६७ लाख १४ हजार, विशेष अनुदान तर्फ २५ लाख र समपुरक अनुदान तर्फ १ करोड ८७ हजार गरि जम्मा १ करोड, ९३ लाख, १० हजार रुपैया बजेट पाएको छ।

त्यस्तै मार्मा गाउँपालिकाले समानिकरण अनुदान तर्फ ८२ लाख ४८ हजार, विशेष अनुदान तर्फ ३८ लाख ६० हजार र समपुरक अनुदान तर्फ २५ लाख गरि जम्मा १ करोड ४६ लाख ८० हजार रुपैया बजेट प्रदेश सरकारबाट पाएको छ।

जिल्लामा रहेका ७ गाउँपालिका मध्ये मालिकार्जुन गाउँपालिकाले सबै भन्दा बढी बजेट पाएको छ। जसमा समानिकरण तर्फ ८६ लाख ५२ हजार, विशेष अनुदान तर्फ ६५ लाख र समपुरक अनुदान तर्फ ४५ लाख गरि १ करोड ९६ लाख ५२ हजार रुपैया बजेट पाएको छ।

त्यस्तै जिल्लाको लेकम गाउँपालिकाले समानिकरण अनुदान तर्फ ८२ लाख ९५ हजार, विषेश अनुदान २० लाख र समपुक अनुदान तर्फ ३२ लाख गरि जम्मा १ करोड ३४ लाख ९५ हजार रुपैया प्रदेश सरकारबाट अनुदान पाएको छ।

Leave A Reply

Your email address will not be published.