दार्चुलामा मन्दिर निर्माणका लागि २ करोड बढी बजेट

दार्चुला । दार्चुलामा मन्दिर निर्माणको लागी मात्रै २ करोड ७४ लाख बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा दार्चुला जिल्लाका विभिन्न मन्दिर निर्माणका लागी उक्त बजेट विनियोजन गरेको हो ।

प्रदेश सरकारले प्रदेशका ९ वटै जिल्लामा मन्दिर निर्माणका लागी २२ करोड बढी बजेट विनियोजन गरेको छ। युवा बेरोजगार भएर बसिरहेका बेला मन्दिरमा यति ठुुलो रकम विनियोजनले सुदूरपश्चिम सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रदेश सरकारले मन्दिर निर्माणका लागी मात्रै बैतडीमा झण्डै ४ करोड बजेट विनियोजन गरेको छ। सरकारले प्रदेश पर्यटन विकास कार्यक्रमको बजेटबाट बैतडीका ४५ मन्दिर निर्माणका लागि सो बजेट विनियोजना गरेको हो ।

यस्तै प्रदेश सरकारले आगामी वर्षको बजेटमा कैलालीमा ४४ मन्दिर निर्माण गर्न ३ करोड ८५ लाख, कञ्चनपुरमा ३५ मन्दिरका लागि २ करोड ५९ लाख, डोटीमा २४ मन्दिरका लागि १ करोड ५८ लाख बजेटको व्यवस्था गरेको छ।

यसैगरी, अछामका २७ मन्दिरका लागि २ करोड २० लाख, बझाङमा ४४ मन्दिरका लागि ३ करोड २६ लाख, बाजुरामा १३ मन्दिरका लागि ९० लाख र डडेल्धुरामा १७ मन्दिरका लागि १ करोड ६३ लाख बजेट छुट्याएको छ ।

वेरोजगारी अन्तय गर्ने खालका कार्यक्रम ल्याउन छाडेर प्रदेश सरकारले मन्दिर निर्माणमा बढी बजेट छुट्टाएपछि युवाहरु आक्रोसित बनेका छन् ।

Leave A Reply

Your email address will not be published.