दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ मा रहेको गोकुलेश्वर बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला र घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाको सयुक्त टोलीले गोकुलेश्वर बजारको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा पसलमा मुल्य सुची नराखेका, दर्ता नभएका, म्याद नागेका खाद्यय सामग्री विक्री गर्ने गरेका विभिन्न पसल कार्वाहीबाट ५४ हजार बढी राजस्व संकलन गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो ।
त्यस्तै ५१ वटा होटेल तथा पसलबाट २८ हजार बराबरको अखाद्यय बस्तु बरामद गरि नष्ट गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
जिल्लामा पछिल्लो समय प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिएको छ। यस अघि पनि जिल्ला सदरमुकाम खलंगा सहित जिल्लाका विभिन्न बजारमा अनुगमन गरिएको थियो।