संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेद्धारा पदबाट राजिनामा

दार्चुला । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिनुभएको छ ।

आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री आले मगरले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाउँदै राजीनामा दिनुभएको हो । उहाँले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताउनुभयो ।

गठबन्धन सरकारमा आलेले २०७८ सालको असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । आज राजीनामा दिँदै उहाँले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै काम भएको दाबी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.