प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति दार्चुला भ्रमणमा

दार्चुला । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार दार्चुला भ्रमण गरेको छ। समितिका सभापति प्रवित्रा निरौला (खरेल) नेतृत्वको टोलीले दार्चुलाको भ्रमण गरी फर्किएका छन्।

पर्यटकीय स्थलहरुको स्थलगत अध्ययन अवलोकनमा लागि यहाँ पुगेको टोलीले जिल्लास्थित राजनीतिक दल, प्रशासन, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायसँग छलफल गरेको छ।

त्रिदेशीय सीमा क्षेत्रसित जोडिएको जिल्ला भएकोले सामरिक महत्त्व राख्ने ठाउँको क्षेत्रमा पर्ने र दार्चुला संवेदनशील जिल्लामा पर्ने हुनाले सीमा सुरक्षा र सीमा क्षेत्रका नागरिकले भोग्दै आएका समस्याका बारेमा बुझी सरकारको ध्यानाकर्षण गर्ने र समितिले निर्देशन दिने सभापति निरौलाले बताउनुभयो।

समितिको टोलीमा उपसमिति संयोजक दीपकप्रकाश भट्ट, सदस्य रेनुका गुरुङ, सरलाकुमारी यादव र समितिका सचिव सुरजकुमार दुरा सहभागी थिए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.