गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन गर्न माग
डम्पिङ साइडको टुङ्गो लागिसकेको छ, केही समयमै फोहोर व्यवस्थापन हुन्छ "नगरपालिका"
दार्चुला । दार्चुलाको गोकुलेश्वर बजारको फोहोर व्यवस्थापनको लागी स्थानीयले वडा कार्यालयमा निवेदन दिएका छन । दार्चुलाको सदरमुकाम खलगां पछिको दोस्रो ठुलो बजारको रुपमा रहेको गोकुलेश्वर बजारको फोहोर व्यवस्थापन नहुदा बजार क्षेत्र नै दुर्गन्धीत भएपछि स्थानीयले फोहोर व्यवस्थापनको व्यवस्था गर्न शैल्यशिखर नगरपालिका वडा नम्बर ९ को कार्यालयमा निवेदन दिएका हुन ।
मंगलबार नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर बजारका व्यापारी र स्थानीय नागरिकले बजारमा थुपारिएको फोहोरलाई उचित व्यवस्थापन गर्न माग गर्दे वडा कार्यलयलाई निवेदन दिएको स्थानीयहरुले बताएका छन।
डम्पिङ साइडको व्यवस्था नहुँदा जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वर दुर्गन्धित भएको छ । नगरपलिकाले फोहोर व्यवस्थापनको लागी ठोस निर्णय गर्न नसक्दा बजारको फोहोर व्यवस्थापन हुन नसकेको स्थानीय व्यपारीहरुको गुनासो रहेको छ ।

डम्पिङ साइडको टुङ्गो लागिसकेको र केही समयमै फोहोर व्यवस्थापन हुन्छ “नगरपालिका”
त्यस्तै गोकुलेश्वरको बजारको फोहोर व्यवस्थापनको लागी डम्पीङ साइडको टुङ्गो लागेको नगरपालिकाले जनाएको छ ।
नवनिर्वाचित जनप्रनितिधि आएपछि नगरपालिकाको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता दिदै स्वच्छ सफा र सुन्दर नगरपालिका बनाउने उद्येश्य अनुरुप गोकुलेश्वर लगायत नगर क्षेत्रबाट हुने फोहोर व्यवस्थापन गर्न डम्पिङ क्षेत्रको टुंगो लगाइएको हो ।
गोकुलेश्वर लगायतको बजारमा हुने फोहोर व्यवस्थापन गर्न शैल्यशिखर नगरपालिका वडानम्बर ९ का स्थानिय हिक्मत बहादुर साँउदले ५ वर्षका निशुल्क जमिन उपलब्ध गराउने भएका छन् । स्थानिय साँउदले बस्कोटको कोटाखौल गौरिगाड स्थित कित्ता नम्बर १२ मा रहेको ४०–५० वर्गमिटर क्षेत्रफलमा रहेको जमिन निशुल्क उपलब्ध गराउने गरि नगरपालिका संग सम्झौता गरेको नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीले बताउनुभएको छ ।
डम्पीङ साइडको टुङ्गो लागेको र अन्य आवश्यक तयारीको लागी भोली बुघबार थप छलफल गरि बजार क्षेत्रको फोहोर उठाउने तयारी रहेको नगर प्रमुख धामीले बताउनुभएको छ।