चौलानी नदीमा महिलाको शव फेला

दार्चुला – दार्चुलाको चौलानी नदीमा एक महिलाको शव फेला परेको छ। मार्मा गाउँपालिका– २ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंहको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनको शव लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा फेला परेको थियो। उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.