कांग्रेसका जनप्रतिनिधिले गरे दशरथचन्दको नगरसभा बहिष्कार

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाको नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनको भावना विपरीत एकलौटी रुपमा नगरसभा सञ्चालन गरेको आरोप लगाउँदै उपमेयर कौशिला चन्दसहित कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले नगरसभा बहिष्कार गरेका हुन्।

आगामी आर्थिक बर्षको बजेटमाथि नगरकार्यपालिकामा छलफल नै नगरी एकलौटी ढंगले नगर प्रमुखले सभामा पेश गर्न खोजेको उपप्रमुख कौशिला चन्दले आरोप लगाइन्। नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सभा बहिष्कार गरेपछि बहुमतले बजेट पारित गर्ने एमालेको तयारी छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.